२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

रोहिणीमा १६३ जना राप्रपामा प्रवेश

सोमवार , पौष १९, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १९ पुस ।
    विभिन्न पार्टी परित्याग गरी १६३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । 

    तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता कमरे आलम, अखिलेश चौधरी, रमाकान्त यादव, फुलचन्द खरबिन्द, राजु चौहानसहित १६३ जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्नुुभएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    रोहिणी गाउँपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य ताहिर अलीले राप्रपामा प्रवेश गराएका हुन् । 

    कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश समिति सदस्य सब्बिर पठान, रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ति हरिजन, जिल्ला सदस्य तथा रोहिणी–३ का वडाअध्यक्ष वीरबहादुर क्षेत्री, पार्टीका नेता महेश लोध, शम्भु यादव लगायतको उपस्थिति रहेको थियो ।