
बुधवार , आश्विन २८, २०७७
भैरहवा, २८ असोज ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिंदै आएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ५ इम्लिहवा टोलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी बुधबार १८ जना जसपामा प्रवेश गरेका छन् । उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।
त्यसै गरी बुधबार रोहिणी गाउँपालिका वडा नम्बर ५ इम्लिहवाँ टोलमा रोशन घर्तीको अध्यक्षतामा ४१ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा ज्ञानु घर्ती, अशोक हरिजन, हृदेश यादव, दान बहादुर घर्ती, चन्दा घर्ती, सचिवमा राज कुमार घर्ति, कोषाध्यक्षमा कुन्ती घर्ती र सह–सचिवमा धनश्याम घर्ती रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij