
शुक्रवार , आश्विन ३०, २०७७
भैरहवा, ३० असोज ।
जनमत पार्टी मर्चवारी गाउँपालिका वडा नम्बर ६ र ७ को वडा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले दुवै वडामा ११ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय जना जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा मुरारी प्रजापति , धनेश प्रसाद बरुण, राजाराम गुप्ता, गोपाल गुप्ता, जनार्दन कोहार, दुर्गावती सहानीको लगायत रहेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादवले सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै यादवले जनमत पार्टीले नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने दावी गरे ।
कार्यक्रममा पार्टीका रुपन्देही जिल्ला संयोजक रामकेश गुप्ता, नेताहरु संजय मिश्र, राकेश चौधरी, निर्मला हरिजन, कृष्ण कोहार, राजु यादव, मुरलीधर चौधरी, सन्तोष यादव लगायतको उपास्थिति थियो ।
रबिन्द्रनाथ शुक्ला र सुवास यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij