२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

जसपाको भौतिक पूर्वाधार विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ल

मंगलवार , कार्तिक ४, २०७७

  • 11.6K
    Shares
  • 11.6K
    Shares
  • भैरहवा, ४ कार्तिक ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक मंंगलबार बसेको छ । बैठकले विभिन्न विभागहरूको जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।

    बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ललाई केन्द्रीय विभाग अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।  

    त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जसपाको संघीय परिषदका अध्यक्ष बनेका छन् । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबारदेखि सुरु भएको बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको पार्टीले जनाएको छ ।