२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

भारतीय प्रधानमन्त्रीको सन्देशवाहकका रुपमा ‘रअ’ प्रमुख नेपाल आए : मुख्यमन्त्री पोखरेल

आइतवार , कार्तिक ९, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, ९ कार्तिक । 
    लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय प्रधानमन्त्रीको सन्देशवाहकका रुपमा ‘रअ’ का प्रमुख नेपाल आएको बताएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएका ‘रअ’ का प्रमुखले नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेटेको बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियति ? बुझ्न गाह्रो भो । ’

    आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न उनले आग्रह गरेका छन् । नेपाल र भारतबीचको सिमा समस्याको परिणाम सुःखद होस् भन्दै मुख्यमन्त्री पोखरेलले कामना गरेका छन् ।