२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपा रुपन्देहीले भन्यो : भैरहवाको मस्जिदमा तोडफोडमा संलग्नलाई कारवाही गर

मंगलवार , कार्तिक ११, २०७७

भैरहवा, ११ कार्तिक । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले भैरहवाको मस्जिदमा तोडफोड गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ । कार्तिक ९ गते आइतबार राती सिद्धार्थनगर नगरपालिका–८ स्थित मदनी जामा मस्जिदमा तोडफोड गर्ने दोषीलाई कानूनी दायरामा ल्याइ कारवाही गर्नुपर्ने राप्रपाको माग छ ।

मंगलबार विज्ञप्ती जारी गर्दै मस्जिदमा अराजक/अज्ञात समूहले गरेको तोडफोडप्रति राप्रपा रुपन्देहीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘मुस्लिम समुदायको आस्थाको केन्द्र रहेको मस्जिदमा तोडफोड जस्ता घटनाले मिलेर बसेको सबै धर्म/समुदायका बीच सदभाव खल्बल्याउने एवं द्वन्द्व सृजना गर्न खोजिएको भन्ने शंका उत्पन्न भएको छ ।’

‘यस्ता असामाजिक एवं गलत क्रियाकलापप्रति सम्बन्धित सुरक्षा निकाय अझ बढी सजग भइ घटनाको आवश्यक छानबीन गरी दोषीलाई कारवाही गर्नुपर्छ, विज्ञप्तीमा उल्लेख छ ।’