२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संगठन विस्तार अभियानमा राप्रपा लुम्बिनी 

शनिवार , कार्तिक १५, २०७७

भैरहवा, १५ कार्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । राप्रपा लुसनपाले नगरपालिका अन्तर्गतका विभिन्न वडामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको जनाएको छ ।

सोही क्रममा शनिबार लु.स.न.पा. वडा नम्बर ९ मा वडा समिति गठन गरिएको राप्रपाका युवा नेता तथा प्रवासी नेपाली एकता समाज यूएईका वरिष्ठ उपाध्यक्ष मनोज जैसवालले बताए ।

वडा समितिको अध्यक्षमा रामवृक्ष यादव, उपाध्यक्षमा रामदेव कोहार, सचिवमा थनेश्वर तिवारी, उप–सचिवमा उदयराज मल्लाह र कोषाध्यक्षमा भोला थारु रहेका छन् । त्यस्तै सदस्यहरुमा हरिराम हरिजन, निहालुद्दिन खान, भोला प्रसाद पाल, मोल्हु कोहार, ब्रहामानन्द यालव, रामचरन हरिजन, शैलेश कुमार गौड, बाबुराम गुप्ता र सन्दिप यादव रहेका छन् ।
त्यस्तै सल्लाहकारमा केशव पुरी यादव, राम नरेश लोनियाँ, राम अचल सहानी र सत्ताराम हरिजन रहेका छन् ।

वडा भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य गंगाराम कलवारले दिनप्रतिदिन राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।