२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा संगठन विस्तार अभियानलाई तीव्रता दिदै राप्रपा

आइतवार , कार्तिक १६, २०७७

भैरहवा, १६ कार्तिक । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी सांस्कृतिक नगरपालिकाले विभिन्न वडामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । त्यसै क्रममा आइतबार वडा नम्बर १० को वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

भेलाले कृष्ण प्रसाद गौतमको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा नन्हु प्रसाद गुप्ता, सचिवमा प्रमोद यादव, कोषाध्यक्षमा विहारी प्रसाद यादव र सह–सचिवमा अरुण प्रसाद पाण्डे रहेका छन् ।

त्यस्तै सदस्यमा मुस्ताक अहमद, तुलसीराम यादव, घनश्याम बनिया, लक्ष्मी चौधरी र मन कुमार वि.क. रहेका छन् । त्यसै गरी सल्लाहकारमा महेन्द्रमान श्रेष्ठ, पदम प्रसाद चौधरी, उग्रमणि मिश्रा र जोगेन्द्र तिवारी रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलीले राप्रपाले नै देशको विकास गर्न सक्ने बताए । उनले नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि खासै भुमिका निर्वाह गर्न नसकेको बताए ।

राप्रपाका केन्द्रीय सदस्य गंगाराम जैसवालको विशिष्ट आतिथ्यता, रुपन्देही जिल्ला सदस्य नाजिर अली, क्षेत्र नम्बर ५ का अध्यक्ष राधेश्याम यादव, राप्रपा युवक संगठनका केन्द्रीय सह–महामन्त्री अर्जुन थापा, रुपन्देही जिल्ला सभापति शंकर खत्री, केन्द्रीय सदस्य मनोज जैसवाल, युवा नेता धिरज मिश्रा तथा विद्यार्थी संगठनका जिल्ला सदस्य सलमान खान (मुस्ताक अहमद) लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरी शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ को वडा भेला सम्पन्न भएको राप्रपाले जनाएको छ ।