२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा खान

मंगलवार , कार्तिक १८, २०७७

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा, १८ कार्तिक ।
    नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । 

    प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम कार्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले जानकारी दिए ।

    खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस अघि बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमाल प्रमुख सचेतक थिए ।