२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

कांग्रेस रामग्राम नगर सभापति रेग्मीको निधनमा श्रद्धाञ्जली सभा

मंगलवार , कार्तिक १८, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १८ कार्तिक ।
    नेपाली कांग्रेस क्षेत्र नम्बर २, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस रामग्राम नगर सभापति नारायण रेग्मीको निधनको १३ औं दिनको पूण्यतिथिमा मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको पार्टीले जनाएको छ । 

    कांग्रेस क्षेत्रीय सभापति तथा रामनगर नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताको सभापतित्व, जिल्ला उपसभापति अर्जुन कुमार पोख्रेलको प्रमुख आतिथ्यता, महासमिति सदस्य तथा सुनवल नगरपालिका प्रमुख भीम बहादुर थापाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । स्व. रेग्मीको निवासमा भएको कार्यक्रममा बोल्ने नेताहरुले रेग्मीको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको बताए ।